काठमाडौं : विज्ञहरुले नेपाल र भारतबीच भएको सन् १९५० को सन्धिका अधिकांश धाराहरु दुवै पक्षले पालना नगरेको भन्दै खारेज गर्नुपर्नेमा जोड दिएका छन् । पुराना सम्झौता खारेज गरेर नयाँ सम्झौता बनाउनुपर्ने विचार विज्ञको छ ।
बुधबार राजधानीमा आयोजित छलफलमा विज्ञहरुले यस्तो बताएका हुन् । नेपाल र भारतका प्रबुद्ध समूह इपीजीको यसै महिनाको अन्त्यतिर हुने भनिएको बैठक अगाडी इपीजीका नेपाली सदस्यले बुधबार गरेको छलफलमा सहभागी विज्ञले यस्तो धारणा राखेका हुन् ।
छलफलमा सहभागी विज्ञहरुले बदलिंदो परिस्थितिमा झन्डै ७० वर्ष अगाडी गरिएको उक्त संझौतालाई खारेज गरी नयाँ सम्झौता गर्नुपर्ने विषयलाई महत्वका साथ उठाएका छन् ।
पुरानो संझौताका अधिकांश बुंदाहरु दुवै पक्षले कार्यान्वयनमा नल्याएको भन्दै सच्याउनुपर्नेमा अबको बैठकमा जोडका साथ आवाज उठाएका छन् ।
छलफलमा सहभागी सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, ‘१० बुंदा भएको १९५० को सन्धिका अधिकांश धाराहरु सफल नभएको र प्रयोगमा नल्याइएको हुनाले यसलाई खारेज गरेर नयाँ सन्दर्भमा नयाँ सन्धि गर्नु सान्दर्भिक हुन्छ।’
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.