प्रदेश नम्बर–२ मा स्थानीय तहको संख्या अझै बढ्नसक्ने सम्भावना छ : दाहाल

धनुषा, साउन । नेकपा माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले प्रदेश नम्बर–२ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मधेसकेन्द्रित दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताएका छन् ।


सोमबार जनकपुरमा आयोजित पार्टी कार्यकर्ताको आन्तरिक प्रशिक्षण कार्यक्रममा उनले दोस्रो चरणअन्तर्गत् स्थानीय तहको चुनावमा कांग्रेससँग गरेको गठबन्धन भने तेस्रो चरणमा कांग्रेससँगमात्रै सीमित नहुने स्पस्ट पारे ।

अध्यक्ष दाहालले तेस्रो चरणअन्तर्गत् स्थानीय तहको चुनावमा राजपालाईसमेत सहभागी गराउनुपर्नेमा जोड दिँदै ‘राजपालाई सहभागी गराएर चुनाव गराउनसके राम्रो हुन्छ, त्यसैले राजपासहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रित छ’–भने ।

‘प्रदेश नम्बर–२ मा अझैपनि स्थानीय तहको संख्या बढ्नसक्ने सम्भावना छ’–उनले भने–‘साउन १७ गते अदालतले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय तहको संख्या प्रदेश नम्बर–२ मा बढ्नसक्छ ।’

अध्यक्ष दाहालले संख्या बढ्यो भने राजपाको माग पनि सम्बोधन हुने धारणा व्यक्त गरे ।

प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्न राजनीतिक दलहरू सकारात्मक रहेको बताउँदै उनले ‘राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने विषयमा तयार छन्’–भने ।

अध्यक्ष दाहालले निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाइ हुने देखाइरहेको बताउँदै ‘एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझैपनि हामी कसरत गरिरहेका छौं’–भने । रासस

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.