एक रातको वर्षातले जनकपुरधामका चौकहरु स्विमिङ पूलमा परिणत,घर घरमा पानि

एक रातको वर्षातले जनकपुरधामका चौकहरु स्विमिङ पूलमा परिणत,घर घरमा पानि

एम के मैथिल श्रावण २६ गते,जनकपुरधाम ।
बुधवार राति परेको मुसलाधार पानिको कारण जनकपुरधामका विभिन्न चौक—चौराहा स्विमिङ पूल बनेको छ । भने घरघरमा नालाको फोहोर पानि पसेको छ ।

सामान्य झरी परेसँगै जनकपुरधामका मुटु मानिने भानुचौक,वकिल टोल,शिव चौक,जनक चौक,विश्वकर्मा चौक,हटिया बजार लगायतका चौकमा पानि जमेर स्विमिङ पूल बनेको छ । यता नालाको उचित व्यवस्थापनको अभावमा जनकपुर— ८ दशरथ नगर,विद्यापतिचौक,विश्वकर्माचौक,किशोरी नगर,वकिल टोल, कटैया चौरी,जिरोमाईल एरिया लगायतका टोलहरुमा घर—घरमा पानी पसेको छ । जनकपुरधाममा खुल्ला नाला तथा नालाको सफाई नहुनाले नाला जाम भई फोहोर पानि घरहरुमा पसेको छ । यदि समयमेै नालाको व्यवस्थापन तथा सरसफाई नभए जनकपुरका घरघरमा नालाको फोहोर पानी पस्ने संभावना रहेको स्थानिय बुद्धिजिविहरुको भनाई छ । यता जनकपुरवासी पटक पटक यस्ता समस्याहरु बाट आजित भएपनि जनकपुर उपमहानगरपालिका समस्या समाधान तिर कुनै चासो नदेखाएको सहजै देखिन्छ ।।

Share on Google Plus

About एम.के.मैथिल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.