फेसबुक मार्फत अश्लिल मेसेज तथा फोटोहरु प्रेषित गरी मानसिक पीडा दिई चरित्र हत्या गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं, १३ गते साउन ।
सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने २ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं मैतीदेबी बस्ने मोरङको उर्लाबारी–७ का ३२ वर्षीय दिनेश न्यौपाने र काठमाडौं सितापाइला रामकोट–७ बस्ने रिना थापा मगर रहेका छन् ।
प्रतिवादी दिनेश र रिनाले फेसबुकमा नक्कली खाता खोली काठमाडौं बसुन्धारा बस्ने मोरङ उर्लाबारी–७ की २० वर्षीया महिला लगायत अन्य साथीभाइ तथा आफन्तहरुलाई विगत एक वर्षदेखि निरन्तर रुपमा फेसबुक मार्फत अश्लिल मेसेज तथा फोटोहरु प्रेषित गरी मानसिक पीडा दिई चरित्र हत्या गरी समाजमा बदनाम गराउने कार्यमा संलग्न भएको अनुसन्धानबाट खुल्न आएपछि दिनेशलाई मैतीदेबीबाट मंगलबार तथा रिनालाई सितापाइला रामकोटबाट सोमबार उक्त ब्युरोको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको ब्यूरोले जनाएको छ ।
Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.