आफ्नै पतिको हत्या गरेको अभियोगमा पत्नी पक्राउ

काभ्रे, १३ गते साउन ।
धारिलो हतियार खुर्पा प्रहार गरी आफ्नै पतिको हत्या गरेको अभियोगमा पनौती नगरपालिका–२ ठाडे बस्ने २६ बर्षीया लालु माया तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङले घरायसी विवादमा ३१ बर्षीय पति काले भन्ने सन्तबहादुर तामाङलाई टाउकोमा खुर्पा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.