त्रिवि मूलगेटमा प्राध्यापकहरूको अनसन सुरु

काठमाडौँ, साउन १० गते ।

त्रिभुवन विश्वविद्यालयमा बौद्धिक शोषणको अन्त्य र तत्काल करारको माग गर्दै आन्दोलनरत नेपाल आंशिक प्राध्यापक संघले आजदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयअगाडि रिले अनसन सुरु गरेको छ।

नेपाल आंशिक प्राध्यापक संघले पछिल्लोपटक गएको चैतदेखि विभिन्न आन्दोलन गर्दै आएको छ।हिजो राजधानीमा सम्पन्न संघको राष्ट्रिय भेलाले आजदेखि रिले अनसन गर्ने निर्णय गरेको हो।

आजको अनसन कार्यक्रममा नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्मा, सहअध्यक्ष नरेन्द्र प्रसाद भण्डारी लगायतका केन्द्रीय पदाधिकारीहरूले भाग लिएका छन्। यो अनसनमा पालैपालो सबै क्याम्पसका आंशिक प्राध्यापकहरूले भाग लिनेछन्। रिले अनसन यही साउन २२ गतेसम्म सञ्चालन हुने छ।

त्यतिन्जेलसम्म पनि त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूका माग पूरा नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी नेपाल आंशिक प्राध्यापक संघले दिएको छ। -अन्नपूर्णा पोष्ट

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.