कुलमानको चेनावनीपछि ढल्केबरमा काम सुचारु गर्यो चिनिया कम्पनीले

काठमाडौं, साउन १३ गते । 

अब २ महिनामा सबै निर्माण सम्पन्न हुने

एक हप्ता अघिदेखि धनुषाको ढल्केबरमा २ सय २० केभिको सबस्टेसन निर्माणको काम रोकेको चिनिया कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले शुक्रबारदेखि पुनः काम सुुरु गरेको छ । दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने विद्युत प्राधिकरणले जनाएको छ ।
निर्माण कम्पनीले कुनै कारण नखुलाई अघोषितरुपमा काम पुरै ठप्प पारेको थियो । प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले काम सुचारु गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ ।
केही महिनाअघि मात्रै समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले २२० केभीको भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा लिएको सिसिपिजीसँग ठेक्का तोडेको थियो । यसरी ठेक्का तोडेको रिस पोख्न सिसिपिजीले ढल्केबर सबस्टेशनमा काम रोकेको बताइएको छ ।
स्रोतका अनुसार कम्पनीले प्राधिकरणलाई ढल्केबरको पनि ठेक्का तोड्ने भन्दै घुर्की लगाउँदै आएको थियो । तर प्राधिकरणले पनि आफुहरु समयमै काम सुरु नगरे ठेक्का तोड्ने बताएपछि यसले समयमै काम सुरु गरेको हो ।
स्रोतले भन्यो, ‘प्राधिकरणका निर्देशक कुलमानले काम सुरु नगरे ठेक्का ताड्ने चेतावनी दिएपछि अन्तत काम सुरु गरेको हो ।’
सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
अहिले प्राधिकरणले २२०÷१३२ केभीको ट्रान्सर्फमर भाडामा लिएर भारतको मुजफ्फपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । बिद्युत आयात गर्नका लागि प्राधिकरणले मुजफ्फपुरमा १ सय एमभिएका दुईवटा ट्रान्समिटर राखेको छ ।
ढल्केबरमा सबस्टेसन बनेपछि प्राधिकरणले मुजफ्फपुरमा ट्रान्सर्फमर राख्नु पर्दैन भने थप विद्युत् आयात पनि गर्न सकिन्छ । ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभीमा चार्ज भइरहेको छ । यो प्रसारणलाइनमा २ सय २० केभीमा चार्च गर्नका लािग अहिले तयारी भइरहेको छ ।
प्राधिकरणका अनुसार अहिले यो प्रसारणलाइनबाट १ सय मेगावाट बिद्युत आयात भइरहेको छ । केहि समय अघिसम्म यही प्रसारणलाइनबाट १ सय ६० मेगावाटसम्म आयात भएको थियो ।
आउँदो हिउँदमा यो प्रसारणलाइनबाट करिब २ सय मेगावाटसम्म आयात गर्ने प्राधिकरणको लक्ष्य छ । - अनलाइन खबर

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.