विद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा, गाउँपालिका अध्यक्षलाई चढाएर घुमाए

मोरङ, साउन १३ गते ।

मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु  सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका हुन् ।   

विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरगत बनाएका उपकरण प्रदर्शन गरेका हुन् । मेकानिकलका विद्यार्थीले हावाबाट चल्ने क्षमता भएको अटो रिक्सा बनाएका हुन् । हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई विद्यार्थीले चढाएर घुमाएका थिए । 

अहिलेसम्म अटो रिक्सामा पाइटलबाट ठेलेरा कुदाउने, ब्याट्रीबाट चल्ने तथा ईन्धनबाट चल्ने मात्र बजारमा आएकोमा विद्यार्थीले बनाएको अटो रिक्सा हावाबाट चल्ने खालको छ । विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर बनाएका हुन् । ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ । त्यस्तै समान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन् ।  तीन डाईरेक्सनबाट समान बोक्ने सवारी बनाएर नयाँ बिषयमा विद्यार्थीले मेकानिकमा उपलब्धी हाँसिल गरेको जनाएका छन् ।  

ईलेक्ट्रिकल अन्तरगतका विद्यार्थीले बैकल्पिक उर्जा प्रबद्र्धनात्मक सबै उपकरण जडित भवन,  फ्याक्ट्रीमा मेसिन चलिरहँदा तत्कालै (एकै सेकेण्डमा)  मेसिन रोकिने उपकरण पनि बनाएका छन् । उद्योगका मेसिनमा कहाँ समस्या आयो भनेर थाहा पाउने मेसिन समेत बनाएको पोलिटेक्निकका प्रिन्सिपल सुवास पोखरेलले जानकारी दिनुभयो । 

इलेक्ट्रोनिक्स डिपार्ट अन्तरगतका विद्यार्थीले जसुसी ड्रोन बिमान, सेक्युरिटी होम, रिमोट कन्ट्रेल बेश फायर मेसिन, कही आगलागी भयो भने आगो निभाउन उडेर जाने ड्रोन निर्माण गरेर  प्रबिधिमा फड्को मारेका छन्  । प्रदर्शनीमा विद्यार्थीले अनलाईनबाट घर भित्र हुन सक्ने जोखिम घटाउने उपायसहितको इलेक्टिीक उपकरण प्रदर्शन गरे । 

विद्यार्थीले बनाएका उपकरणले घरमा हुने ग्यास लिक, आगलागी हुन सक्ने खतराको संकेत पहिले नै मोबाइलमा जानकारी दिने खालका उपकरण जडान गरेका छन्  । यस्ता उपकरण संचालन गर्नको लागि भने मोबाइल ईन्टरनेट चलाउन मिल्ने खालको हुनुपर्ने विद्यार्थीले जनाएका छन्  ।  

१ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए ।  विद्यार्थीले आफ्नै आर्थिक लगानीबाट बनाएका उपकरणलाई हेर्दा विद्यार्थी बैज्ञानिक धारमा अघि बढीरहेका देखिन्छन् । नयाँ नयाँ प्रयोग गरेर उनीहरुले आफ्नो सीपलाई बाहिर ल्याए पनि राज्यले यस्ता विद्यार्थीको लागि लगानी गर्न नसकेको कलेजका प्रिन्सिपल पोखरेलको गुनासो छ । -उज्यालो अनलाइन

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.