प्रदेश नम्बर दुईमा एमालेलाई ठूलो धक्का, वीरगञ्जका मेयर उम्मेदवार उपेन्द्रको समाजवादी फोरममा प्रवेश

काठमाडौं । तेस्रो चरणको चुनाव आउँदैगर्दा नेकपा एमालेलाई प्रदेश नम्बर दुईमा ठूलै झट्का लागेको छ ।

सो पार्टीका नेता एवं वीरगञ्ज महानगरपालिकाका प्रस्तावित मेयर उम्मेदवार सुन्दर प्रसाद कुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेपछि एमालेलाई धक्का लागेको हो ।

वीरगञ्ज महानगरको मेयरका लागि एमालेबाट प्रस्तवित सुन्दर कुर्मीले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् । गत असार १४ गते नेता कुर्मीले वीरगन्जमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गरेका थिए ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबीर खादा ओडाएर नेता कुर्मीलाई पार्टीमा स्वागत गरेका छन् ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.