विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ ।
यो एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको छिमेकी जिल्ला हो । अर्थात ओलीकै क्षेत्र मानिन्छ । तर, कोइराला परिवारको गढ भएकाले विराटनगरको मेयर र उपमेयर कांग्रेसले जितेको थियो । भने नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित गर्दै काँग्रेसलाई स्पष्ट बहुमत समेत पुगाएको छ ।
कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक वडाबाट निर्वाचित पाँचजना सदस्यमध्येबाट कार्यपालिकाको सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ ।
सो नगरकार्यपालिकामा काँग्रेसबाट १८, संघीय समाजवादी फोरमबाट छ, नेकपा (एमाले)बाट तीन, नेकपा (माओवादी केन्द्र)बाट दुईजना रहनेछन् । पाँच महिला पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेकामा काँग्रेसबाट सात र माओवादी केन्द्रबाट एकजना विजयी भएका हुन् ।
निर्वा्चित महिला सदस्यहरुमा काँग्रेसबाट सुशीला पोखरेल ५३ मत, कमला सुब्बा ५३, बिनादेवी धानुक ५२, शीला श्रेष्ठ ५२ र माओवादी केन्द्रबाट चम्पा खत्रीले ५२ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी, दलित र अल्पसंख्यकको तर्फबाट काँग्रेसका अरुण खेतान ५४, गायत्री दास ५४ र राजेश भुजेल ५१ मत प्राप्त गरी विजयी भएका छन् ।
महानगरपालिकाको सदस्यका लागि काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.