रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटा चेल्सीमा अनुबन्धित

काठमाडौं, साउन ७ । इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले स्पेनिस च्याम्पियन रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई कीर्तिमानी रकममा अनुबन्ध गरेको छ ।

चेल्सीले ६ करोड पाउण्ड स्ट्रर्लिङमा मोराटालाई अनुबन्ध गरेको हो ।

स्पेनिस मोराटाले गएको सिजन च्याम्पियन्स लिग तथा ला लिगा च्याम्पियन रियल मड्रिडका लागि २० गोल गरेका थिए ।

उनी गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब रियल मड्रिड फर्किएका थिए ।

मोराटा अब चेल्सीको प्रिसिजन एसिया भ्रमण टिममा सहभागी हुने सम्भावना छ ।

चेल्सीले यसअघि सन् २०११ को जनवरीमा फर्नान्डो टोरेसलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो । (एजेन्सी)

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.