जनकपुर यातायातका कर्मचारीमाथि कालोमोसो

धनुषा, असार २१ – यातायात व्यवस्था कार्यालय जनकपुरका एक कर्मचारीमाथि कालोमोसो छ्यापेर दुव्र्यवहार गरिएको छ । बुधबार दिउँसो कार्यालयमा काम गरिरहेको बेला ५÷६ जनाको समूहमा आएका नचिनेका मान्छेको समूहले नायव सुब्बा जीवनकुमार वस्नेतमाथि कालोमोसो छ्यापेर दुव्र्यवहार गरेको हो । यातायात व्यवस्था कार्यालय अहिले भएको स्थानबाट जनकपुरभन्दा बाहिर सार्न लागेको भन्दै अफवाह फैलाएपछि यो घटना भएको जनाइएको छ । केहि व्यक्तिहरुले निजी स्वार्थको कारण सुनियोजित रुपमा कर्मचारीमाथि कालोमोसो छ्यापेर घटना गराएकोप्रति कार्यालयले खेद प्रकट गर्दै दोषीलाई खोजबिन गरी कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय धनुषालाई आग्रह गरेको छ ।    अहिलेको कार्यालयमा ठाउँ अभावको कारण आगामी साउन १ गतेबाट स्र्माट लाइसेन्स वितरण गर्न समस्या हुने भएकाले जनकपुर उपमहानगरपालिका–१४ मुजेलिया वडा प्रहरी कार्यालय नजिक घर  भाडामा लिई सार्न लागेको कार्यालयका निमित्त कार्यालय प्रमुख बालकृष्ण हुमागाईले जानकारी दिनुभयो ।  कार्यालयले जनकपुर–१४ स्थित याज्ञबलक्य उच्चमावि ज्ञानकुपको प्रांगणमा २० वर्षका लागि जग्गा भाडामा लिई ८० लाख रुपैयाँको लागतमा ट्रायलसेन्टर निर्माण गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।  निमित्त प्रमुख हुमागाईले जनकपुरमा ह्यावी गाडीको लाइसेन्स प्रदान गर्न  ८० लाख रुपैयाँको लागतमा ट्रायल सेन्टर निर्माण कार्य गरिरहेको र नागरिकलाई सहज सेवाप्रदान गर्न कार्यालय फराकिलो स्थानमा सार्न लागेको बताउनुभयो । विगतदेखि रेडक्रसको भाडाको भवनमा कार्यालय सञ्चालन गरेको तर भवन जिर्ण अवस्थामा पुग्दा पनि मर्मत सम्भार नभएकाले अर्को उपयुक्त भाडाको भवनमा यातायात व्यवस्था विभागको निर्देशनमा कार्यालय सार्न लागेको उहाँको भनाई छ ।    

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.