महोत्तरी असार २१गते ।
उद्योग वाणिज्य संघ गौशालाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनी बुधबार पक्राउ परेका हुन् । गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योग वाणिज्य संघ प्रदेश २ नं. का सदस्य राजाराम गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार विहान गौशाला नगरपालिका ५ स्थित शिवभक्ति भन्ने स्थानमा चेकजाँचमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय गौशालाका असई श्याम श्रेष्ठको नेतृत्वमा खटिएको टोली उपर उनले अभद्र व्यवहार गरेका हुन ।यता चेकजाँचमा खटिएको प्रहरी जवान र अध्यक्ष गिरीवीच शुरु भएको भनाभन विवादमा परिणत हुँदा अध्यक्ष गिरीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अध्यक्ष गिरीले ड्युटीमा खटिएको प्रहरीले नै शुरुमा आफुमाथि अभद्र व्यवहार देखाएको र उल्टै आफुलाई विना कारण नियन्त्रणमा लिएको बताए ।अहिले इलाका प्रहरी कार्यालयमा दुवै पक्षवीच छलफल भइरहेको र चाडै समाधान निस्कने प्रहरीले जनाएकाे छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.