राजपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं, असार २३ – राष्ट्रिय जनता पार्टी राजपा नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको नेतृत्वमा शीर्ष नेताहरुले निर्वाचन आयोगमा गएर पार्टी दर्ता गरेका हुन् ।
मधेस केन्द्रित ६ वटा दलको एकीकरण भएर राजपा बनेको हो । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजपाका नेताहरुदलाई स्वागत गर्दै दल दर्ता गरेकोमा बधाई तथा शुभकामना दिनुभयो । राजपा नेपालले आफूहरुको माग अनुसार संविधान संशोधन नभएको भन्दै पहिलो र दोश्रो चरणको चुनाव बहिस्कार गरेको थियो । 
तर राजपाका नेताहरुले भने केहि ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावसमेत जितेका छन् । राजपाको बढी प्रभाव रहेको २ नम्बर प्रदेशमा असोज २ गते स्थानीय चुनाव हुँदै छ । राजपाका नेताहरुले असोज २ गते हुने चुनावका लागि नभई कानुनी प्रक्रिया पूरा गर्नका लागि दल दर्ता गरेको दावी गर्दै आएका छन् । 

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.