लुम्बिनीमा राजपाले एमालेलाई उठ्नै नसक्नेगरी दियो १०० भोल्टको झट्का !

असार २३,भैरहवा । विश्वसम्पदा सूचिमा सूचिकृत लुम्बिनी सांस्कृतिक नगरपालिकामा ‘राजपा’का उम्मेदवार (शंख चुनाव चिन्ह) विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् ।
उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् ।
यहाँ नेकपा एमालेको लज्जास्पद हार भएको छ । पाँच नम्बर प्रदेश टुक्राउन नहुने आन्दोलनको नेतृत्व गरेको एमालेले यो प्रदेशमा राम्रो गरिरहेको बेला लुम्बिनीमा भने चौथो स्थानमा खुम्चिन पुगेको छ । यसले एमालेलाई १०० भोल्टको झट्का लागेको चर्चा हुन थालेको छ ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.