यो विषयमा चीन विश्वको एकमात्र शक्तिशाली

banner
बीबीसी
चीन सरकार अब आर्टिफिशियल इन्टेलिजेन्स (एआई) मा निकै जोड दिँदैछ। यो क्षेत्रमा आगामी दशकसम्म वैश्विक अगुवा बन्ने योनासहित गत हप्ता चीनले एक महत्वकांक्षी योजना सार्वजनिक गरेको छ।
सो योजना अनुसार २०२० सम्म चीनले एआई प्रविधिमा आफ्नो रफ्तार समाउने छ भने २०२५ सम्ममा चीनले ठूलो उपलब्धी हासिल गर्ने र २०३० सम्म विश्वको निर्विकल्प नेतृत्व गर्नेछ।
लामो समयदेखि एआईदेखि रचनात्मक र विकासको अग्रीम मोर्चाका रुपमा हेरिँदै आएको भने यसको प्रयोग धेरै क्षेत्रमा हुनसक्छ। अर्थशास्त्रीले लगातार चीनको अर्थव्यवस्था स्थीर रहेको र त्यसलाई चलायमान बनाउन केही नयाँ रचनात्मक तरिका अपनाउन सुझाव दिँदै आएका छन्।
चीन प्रशासन पनि म्यानूफ्याक्चरिङमा आधारित मोडलदेखि हाइटेक आधारित मोडलमा अर्थव्यव्यवस्थालाई पुन संगठित गर्ने कोसिस गर्दैछ। चीनको मन्त्रिपरिषद स्टेट काउन्सीलले केही समय अगाडि आफ्नो बयानमा शीर्ष रचनात्मक देश र आर्थिक शक्तिका रुपमा चीनलाई स्थापित गर्न प्रविधि महत्वपूर्ण भएको उल्लेख गरेको थियो।
एआईलाई जोड दिनुका पछाडि यसको विशाल डाटालाई प्रयोग गर्ने इच्छा शक्ति छ। चीनमा यतिबेला ७३ करोड इन्टरनेट प्रयोगकर्ता छन् र विश्वभर मध्ये सबैभन्दा बढी चीनमा स्मार्ट फोन प्रयोग गरिन्छ।
यति ठूलो डाटा नेटवर्क, स्थानीय एआई डेभलपर्सको प्रयोग र प्रविधिमा सुधार गर्ने राम्रो मौका हो। डाटावेस निरन्तर ठूलो हुँदै जाने कारणबाट चीनमा गत जुन महिनामा नयाँ साइवर सेक्युरिटी कानुन लागू गरिएको छ।
सो कानुनमार्फत कम्पनीहरुकालागि प्रयोगकर्ताको डाटालाई चीनभित्र कायम रहेको सर्वरमा डाटा समावेशलाई अनिवार्य गरिएको छ। स्थानीय कम्पनिले पनि भविष्यमा आउने मौकालाई मध्यनजर गर्दै एआईमा तीव्र रुपमा लगानी गर्न सुरु गरेका छन्।
चीनले ती ठूला टेक कम्पनी बाइदू, टेंसेंट र अलीबाबाले एआईमा निकै ठूलो लगानी गरेका छन्। बाइदूका अध्यक्ष झाङ याकिनका अनुसार यो क्षेत्रमा चीनले चाँडै अमेरिकलाई पछि पार्दैछ।
आईआई मिडिया रिसर्चका अनुसार चीनको एआई उद्योगको २०१६ मा विकास दर ४३. ३ प्रतिशत थियो र कुल व्यापार १.४७ अबर डलरभन्दा बढी थियो। २०१७ र २०१९ मा यसको २.२ अरब डलर ५.१ अरब डलर पुग्ने अनुमान गरिएको छ।
तर आलोचकहरुले एआईसँग सम्बन्धित उपकारणले वास्तविक रुपमा चीनको सेन्सरसीपलाई सहयोग गर्ने र अनलाईन सामाग्रीमाथि प्रतिबन्धको दायरा बढाउने बताएका छन्। एआइ प्रविधिको प्रयोग रक्षा क्षेत्रमा पनि गरिने संभावना रहेको छ। चीनको नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीका प्रोफेशर झू क्विचाओका अनुसार एआईमा रक्षा प्रविधिलाई काल्पनिकबाट वास्तविकतामा बदल्ने क्षमता छ र यसको प्रयोगलाई नजरअन्दाज गर्न सकिँदैन।
चीनको सरकारले पहिला नै रक्षा क्षेत्रमा प्रविधिलाई समावेश गर्ने बताइसकेको छ। स्टेट काउन्सीलको योजना अनुसार विकासको नयाँ चरणमा आर्टिफिशियल इन्टेलिजेन्सलाई प्रयोग गर्दै मौकका फाइदा उठन सकिने छ। चीनको स्वदेशी रक्षा उद्योग यसअघि नै मिसाइलदेखि ड्रोनसम्मको उत्पादन गर्दै आएको छ।
चाइना डेलीका अनुसार चीन उच्च प्रविधि भएको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित क्रूज मिसाइलको विकास गर्दैछ। गत जुन महिनामा ‘चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप करपोरेशन’ ले गरेको दाबी अनुसार उसले एआई टेक्नोलोजीको प्रयोग गर्दै ११९ ड्रोन एकैपटक उडाएको थियो।
गत महिना अमेरिकाले पनि आफ्नो देशको एआई कम्पनीमा चीनको लगानीप्रति चिन्ता जाहेर गरेको थियो। अमेरिकी टेक्नोलोजीमा चीन आफ्नो मिलिटरी क्षमता बढाउन प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.