मनोज मोरबैता राजबिराज, ०९ साउन । सर्पले टोकेर आईतबार राती सप्तरीमा एक जना प्रहरी हवल्दार घाईते भएका छन्।
प्रहरी चौकी फत्तेपुर सप्तरी दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी हवल्दार राम बहादुर भुजेल घाईते भएका हुन्।
राती साढे ८ बजेको समयमा पिशाब गर्न जाने क्रममा खुट्टाको औलामा सर्पले टोकेको थियो।
घाईते भुजेललाई उपचारकालागी सर्प दंश केन्द्र पूर्वी पृतना ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
तस्बीर : फाइल फोटो
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.