महिलाको हत्यामा संलग्न आरोपी ५ वर्षपछि ढल्केबरबाट पक्राउ

जनकपुरधाम साउन १० गते। धनुषाको ढल्केबर ७ मा बस्ने सरस्वति देवि चौधरीको हत्यामा सङ्लग्न रहेको अभियुक्तलाई धनुषा प्रहरीले पाँच वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
हालको मिथिला नगरपालिका एवं साविकको ढल्केवर ६ का २४ वर्षीय अमरेश कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय ढल्केबर बाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
अमरेश माथि वि.स.२०६९ भदौ २३ गते जि धनुषा ढल्केबर ७ मा बस्ने सरस्वति देवि चौधरीको हत्यामा सङ्लग्न रहेको आरोप छ । सरस्वतिको हत्या पश्चात अमरेश फरार रहेका थिए । उनमाथि सोमबार नै धनुषा जिल्ला अदालतमा म्याद थप गरी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Share on Google Plus

About एम.के.मैथिल