यथास्थितिमा चुनावमा भाग लिन सकिन्नः ठाकुर

भक्तपुर, साउन १० गते ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने दोहोर्‍याएको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफूहरुको माग बमोजिम संविधान संशोधन नभई निर्वाचनमा भाग लिन नसकिने बताएका हुन् ।

मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा ठाकुरले संविधान संशोधन गर्न सरकार जिम्मेवार नदेखिएको आरोप लगाए । उनले सरकार समस्या समाधान गर्न भन्दा समस्या बल्झाउने काममा लागिपरेको आरोपसमेत लगाए ।

उनले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताहरु अझै जेल सजाय भोगिरहेको भन्दै तत्काल रिहा गर्न माग गरे ।

राष्ट्रिय जनता पार्टीले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउन दवाव दिँदै स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन समेत बहिष्कार गरेको थियो । - ऑनलाइन खबर

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.