राजविराज नगरमा सुँगुर नियन्त्रण पुनः सुरु

राजविराज,१५ साउन ।नगरवासीको ब्यापक गुनासोपछि राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेरकुमार यादवको लिखित निर्देशनमा अहि असार २७ गतेदेखि नगर क्षेत्रभित्रका छाडा सुँगुर नियन्त्रण गर्ने अभियान पुनः सुरु गरेको छ ।

अभियानको कुनै सिमा नतोकिएको स्पष्ट पार्दै ‘जवसम्म सुँगुरलाई खोसमा राखेर ब्यवस्थित रुपमा पाल्ने क्रम सुरु हुँदैन तवसम्म अभियान चल्छ र वजार तथा सडकमा भेटिएका सुँगुर मारिन्छन्’ सरसफाई इन्चार्ज यादबले बताउनु भयो ।

राजबिराजमा सुँगुर नियन्त्रणको लागी ‘किक एण्ड क्याच’ अभियान, ‘ग्रिन राजविराज, क्लिन राजविराज’ अभियान लगायतका सुँगुर नियन्त्रण कार्यक्रम गर्ने अभियान सुरु गरेको थियो ।

बर्षों देखी सदरमुकाममा छाडा सुँगुरका कारण एकातर्फ नगरमा दुर्गन्ध फैलिदा विभिन्न रोग र प्रकोपको जोखिम वढिरहेको छ भने अर्कोतर्फ सर्वसाधारणले समेत घर र करेसावारीमा ठुलो नोक्सानी ब्यहोरीरहेका छन् ।

Share on Google Plus

About एम.के.मैथिल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.