काठमाडौं, साउन ९ । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

इजरायली दूतावासमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । दूतावासले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो ।
गोली चलाउनुको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।
सुरक्षाकर्मीले दूतावास आफ्नो नियन्त्रणमा लिएका छन् र त्यहाँका इजरायली अधिकारीलाई सुरक्षित स्थानमा सारिएको छ । (एजेन्सी)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.