भारतलाई ९ रनले हराएर इंग्ल्याण्डले जित्यो उपाधि

साउन ९ गते ।
भारतलाई ९ रनले हराउँदै इंग्ल्याण्डले आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार राति लर्ड्समा भएको फाइनल खेलमा भारतलाई हराएर इंग्ल्याण्डले उपाधि उचालेको हो ।
दुई सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय १९ रनमात्रै बनाएपछि इंग्ल्याण्ड ९ रनले विजयी भएको हो । भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।
इंग्ल्याण्डको जितमा एन्या श्रब्सोलको भूमिका महत्वपूर्ण रह्यो । उनी एक्लैले ६ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो । उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाइन् । साभार: उज्यालो ऑनलाइन
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.