पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

          Image result for pahiro

काठमाडौं, भदौ २० – पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम जाने आउने  गाडी रोकिएका छन् । मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
बाटो अवरुद्ध हुँदा पोखरा, चितवन लगायत यो मार्ग हुँदै पूर्व पश्चिम जाने आउने गाडी बिच बाटोमा नै रोकिएका छन् । पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डका कारण यात्रुले हरेक दिन जसो सास्ती खेप्नु परेको छ । सामान्य झरी पर्दा पनि पहिरो खस्ने र साँघुरो सडकमा गाडीको चाप धेरै हुँदा हरेक दिन यात्रु घण्टौँ जाममा बस्न बाध्य भएका छन् । 
Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.