रुसी राष्ट्रपतिको अलग रुप : साइबेरियाको तलाउमा माछा मार्दै (फोटो फिचर)

मस्को, साउन २१ । अमेरिकासँगको कुटनीतिक तनावका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छुट्टी मनाइरहेका छन् । उनी साइबेरियामा अलग अन्दाजका बीच छुट्टी मनाइरहेको तस्वीर सार्वजनिक भएको छ ।

साइबेरियाको एक तलाउमा उनले माछा मारेको तस्वीर विभिन्न संचारमाध्यममा प्रकाशित भएका छन् । तस्वीरमा उनी अर्धनग्न अवस्थामा देखिएका छन् ।

केही तस्वीरमा उनले पौडी खेलेको र गोताखोरको पोशाक लगाएको देखिन्छ । केही तस्वीरमा भने उनले घाम तापिरहेको देख्न सकिन्छ ।

राजनीतिक विश्लेषकहरु पुटिनको यो शैलीलाई देशबासीका लागि उनले दिन चाहेको सकारात्मक सन्देशका रुपमा व्याख्या गर्दछन् । विश्लेषकहरुका अनुसार उनले आफू स्वस्थ्य, फुर्तिलो रहेको सन्देश दिन यस प्रकारको भूमिकामा आफूलाई उतारेका हुन् ।

यस अतिरिक्त उनले स्वदेशमा छुट्टी मनाउन र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि पनि आफूलाई अलग रुपमा प्रस्तुत गरेको विश्लेषकहरुको ठहर छ ।

पछिल्लो समय अमेरिका र रुसबीच तनावको अवस्था छ । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ भने रुसले आफ्नो मुलुकमा रहेका अमेरिकी कुटनीतिक कर्मचारीको संख्यामा भारी कटौतीको घोषणा गरेको छ ।

सिरिया युद्धको बारेमा पनि दुई मुलुक अलग–अलग दृष्टिकोणका साथ विपरीत दुई ध्रुवको नेतृत्व गर्दै आएका छन् । (एजेन्सी)


Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.