दुई तिहाई बहुमतले चुनावअघि नै संविधान संशोधन गराउँछु - प्रधानमन्त्री

जनकपुर, साउन १९ गते । 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव अघि नै संविधान संशोधन गराई छाड्ने दावी गर्नुभएको छ ।   

नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले बिहीबार जनकपुरमा प्रदेश नम्बर २ को पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दुई तिहाई बहुमतले भए पनि संविधान संशोधन गराउने दावी गर्नुभयो । 

फास्ट्रयाक, हुलाकी सडक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाडै भारतसँग कुरा गरेर अगाडि बढाउने प्रधानमन्त्री देउवाले प्रतिवद्धता व्यक्त गर्नुभयो । एमालेले कथित पहाडी राष्ट्रवादको नाममा पहाडी र मधेसीको बिचमा झगडा गराएर देशलाई विभाजन गर्न खोजेकोसमेत उहाँले आरोप लगाउनुभयो ।  

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.