ह्याकरको निशानामा भेनेजुएलाका सरकारी वेब साइट

साउन २४ – एक ह्याकिङ समूहले भेनेजुएलाका सरकारी कार्यालयका वेब साइटहरु ह्याक गरेको छ । राष्ट्रपति निकोलश मदुरोको विपक्षमा प्रदर्शन गर्दै आएका विपक्षीको साथ पाएका ह्याकरले सरकारी कार्यालयका वेब साइट ह्याक गरेका हुन् । ‘द बाइनरी गार्डियन्स’ नाम गरेको समूहले सेनाको बेस क्याम्पमा आक्रमण गर्ने बन्दुकधारी समूहको समर्थनमा गरेको सन्देश जारी गर्दै सरकारी वेब साइट ह्याक गरेको हो । हतियारसहितको समूहले आइतबार भ्यालेन्सियामा रहेको सेनाको बेस क्याम्पमा आक्रमण गरेको थियो । यसैबिच राष्ट्रपति मदुरोका समर्थकले राजधानी काराकसमा प्रदर्शन गरेका छन् । उनीहरुले महिनौंदेखि चल्दै आएको विपक्षीको प्रदर्शन रोकिनु पर्ने र देश स्थीरता तर्फ लाग्नु पर्ने माग गरेका छन् । देशको आर्थिक अवस्था खस्किँदै गएपछि सुरु भएको प्रदर्शनको क्रममा अहिलेसम्म एक सय भन्दा बढी मानिसको ज्यान गएको छ । 

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.