जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण पुनः एक नवजात शिशुको मृत्यु
एम के मैथिल श्रावण २२ गते, जनकपुरधाम ।
जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण फेरी एक बालकको ज्यान गएको छ । अस्पतालमा चिकित्सक नभएपछि नर्सहरुकै भरमा एक जना प्रसुति महिलाले नवजात शिशुलाई जन्म दिएको केही घण्टामै मृत्यु भएको छ ।
सर्लाही भेल्ही ७ का राजेश मुखियाका श्रीमति सुविता मुखियालाई सुत्केरी व्यथा लागेपछि प्रसुतिका लागि जनकपुर अञ्चल अस्पतालमा २१ साउनमा भर्ना गरिएको थियो । दिनमै भर्ना गराईएकी सुवितालाई व्यथाले च्यापे पनि केही हुँदैन भन्दै अस्पतालमा कार्यरत नर्सहरुले सुवितालाई हिँडडुल गराउन भनेका थिए ।
राती १२ बजे चिकित्सकको अनुपस्थितिमै नर्सहरुले डेलिभरी गराएपछि छोराको रुपमा नवजात शिशुको जन्म भएको थियो । केही समयपछि उक्त नवजात शिशुको मृत्यु भएको थियो । राजेशका दाई विजय मुखिया जनकपुरमै प्रहरी जवानको रुपमा कार्यरत छन् । रातभरी उनी पनि अञ्चल अस्पतालमै थिए ।
प्रहरी जवान मुखियाका अनुसार बाहिर अस्पतालमा रेगुलर चेकअप गराउँदा आमा र बच्चाको स्थिति सामान्य रहेको थियो । तर जब राती जनकपुर अञ्चल अस्पतालमा आफ्नो भाई बुहारी सुवितालाई भर्ना गराउँदा लेबर पेन अत्यधिक हँुदा पनि अस्पतालमा कार्यरत नर्सहरुले वास्ता नगरेको पिडीत विजय मुखिया बताउँछन् । जब सुविताले नवजात शिशुको रुपमा छोराको जन्म भएपछि खुसी हुँदै सबैलाई मिठाई खुवाउने भनेर खुसियाली मनाएको प्रहरी जवान विजयको खुसी आधा घण्टा पनि टिक्न सकेन । जब बच्चाको स्थिति बिग्रेको थियो, चिकित्सक बोलाईदिन विजयले नर्सहरुलाई धेरै गुहार गरेका थिए । तर पनि चिकित्सक समयमा आईदिएनन् । अनकलमा रहेका चिकित्सक डा. राजकिशोर पण्डित जब अस्पतालमा आए त्यति बेलासम्म नवजात शिशुको मृत्यु भईसकेको थियो । प्रहरी जवान विजयले जब चिकित्सक पण्डितसँग यदि तपाईकै छोराको यसरी मृत्यु भएको भए तपाईले के गर्नुहुन्थ्यो भनेर भन्दा तपाई प्रहरी हो भन्दै के मलाई गोली हानि दिने हो भनेर उल्टै धम्की दिँदै दुव्र्यवहार समेत गरिएको पिडीत विजयको भनाई छ । चिकित्सक अस्पतालमा नहुनु, कार्यरत नर्सहरुले बिरामीलाई गम्भीरतापूर्वक नलिएकै कारण आज मेरो भतिजोको ज्यान गएको हुनाले उचित छानबीन भई सत्य तथ्य बाहिर नआउनजेल नवजात शिशुको शव नबुझ्ने पिडीत विजयले बताएका छन् ।
जनकपुर अञ्चल अस्पतालमा चिकित्सक, त्यहाँ कार्यरत कर्मचारीहरु, अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन आदिको लापरबाहीका कारण पटक पटक बिरामीको ज्यान गईरहेपनि अस्पताल प्रशासनले अस्पताल सुधारका लागि कुनै ठोस पहल गरेको छैन । केही दिन अघि मात्र चिकित्सकको लापरबाहीका कारण १३ वर्षीय बालक जीतेन्द्र मण्डलको उपचारको क्रममा अञ्चल अस्पतालमा मृत्यु भएको थियो । पछिल्लो ४ वर्षमा जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा ४ सय ७५ जना बिरामीहरुको मृत्यु भएको छ । अस्पतालकै तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा २ सय ५० जना नवजात शिशुहरुको र २८ जना प्रसुति आमाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.