काठमाडौं, साउन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ ।

सोमबार राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले दीपक बोहरा, सुनीलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, वृन्दा गिरी, सगुनसुन्दर लावती, रेशमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा, गिरिधर परियार, विन्दु पहाडी, दीपककुमार राई, प्रदीपकुमार राई, बिराजबहादुर विष्ट, बबिना मोक्तान लावती र राज्यलक्ष्मी श्रेष्ठलाई कारबाही गरेको हो ।
उनीहरुलाई आगामी ६ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकले एकता अधिवेशन भएको ६ महिनाभित्र पार्टी विभाजन हुनु दुःखद् र दुर्भाग्यपूर्ण रहेको निष्कर्ष निकालेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
पार्टी नेता तथा कार्यकर्तालाई विचलित नभइकन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणमा जुट्न बैठकले आग्रह गरेको छ । रासस
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.