मनाङ, साउन २३ । सुविधा सम्पन्न भवन र पर्याप्त शिक्षक शिक्षिका भए पनि विद्यार्थी नहुँदा हिमालपारीको जिल्ला मनाङको ङावल आधारभूत विद्यालय सुनसानजस्तै छ ।

हिमाली क्षेत्रका नागरिकलाई शिक्षा दिने उद्देश्यले २०३९ सालमा स्थापना भएको यो विद्यालयमा हाल एक जनामात्र विद्यार्थी छन् । तीन वर्षदेखि विद्यालयमा विद्यार्थी भर्ना भएका छैनन् ।
विद्यालयका प्रधानाध्यापक कान्छा प्रजापतीले हाल कक्षा १ मा एकजना र बालविकास केन्द्रमा तीन बालबालिका रहेको जानकारी दिए । विद्यार्थी नभएपछि विद्यालयका सबै कक्षा कोठामा ताला लगाइएको छ ।
विद्यालयमा शिक्षक र कार्यालय सहयोगी गरी ८ जनाको दरबन्दी छ । यो विद्यालयमा हाल दुई शिक्षक, एक बालविकास सहजकर्ता कार्यरत छन् ।
अन्य शिक्षकलाई शिक्षा कार्यालयले अन्यन्त्रै काजमा खटाएको छ ।
प्रधानाध्यापक प्रजापतीले विद्यालयमा विद्यार्थी ल्याउने प्रयास जारी रहेको बताए । ङावल आधारभूत विद्यालयमा मात्र हैन, मनाङका सबैजसो विद्यालयमा विद्यार्थीको संख्या न्यून छ ।
विद्यार्थी बढाउन सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि प्रभावकारी हुन सकेको छैन ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.