उदयपुर, साउन २० । उदयपुरका नदी तथा खहरे खोलाले सयौं बिघा खेतीयोग्य जमिन कटान गरेपछि किसान समस्यामा परेका छन् ।

नदी तथा खहरे खोला नियन्त्रण गर्न नसकिँदा किसानले सास्ती भोग्नुपरेको हो । बर्षायाममा उर्लिएर आउने खहरे खोलाले किसानको सयौं बिघा खेतीयोग्य जमिन कटान गरिदिएको छ ।
जिल्लाका पूर्वी क्षेत्रमा पर्ने सप्तकोसी, सिसुवा, सेती, गिदेरी, त्रियुगा, काली, भारौलीलगायतका नदी र खोलाले बर्षाको समयमा आफ्नो धार परिवर्तन गर्दै बग्ने भएकाले स्थानीयको खेतीयोग्य जमिन कटानमा पर्ने गरेको छ ।
त्रियुगा नदीलाई मात्र नियन्त्रण गर्न सके उदयपुरका १ हजार हेक्टर जमिन खेती योग्य बनाउन सकिने सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.