काठमाडौं, साउन २३ – आज साउन शुक्ल पूर्णिमा, साउनको चौथो सोमबार अनि चन्द्रग्रहण लाग्ने दिन । साउनको पूर्णिमामा लाग्ने मेला, साउने सोमबारको मेला अनि चन्द्रग्रहण नुहाउने कार्य सँगसँगै परेको छ ।
देशभरका महादेवस्थान र त्रिवेणीधाममा मेला लागेको छ । काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र बंगलामुखी, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गंगा-धनुषसागर, सोलुखुम्बुको दुधकुण्ड, जुम्लाको दानसाधु, डडेलधुराको भागेश्वरजाँद, मुक्तिनाथ यार्तोङ लगायत ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
सोमबार चन्द्रग्रहणको कारण जनै लगाउने र रक्षाबन्धन गर्ने काम नागपञ्चमीमै भए पनि पूर्णिमाको मेला भने भैरहेको हो । आज सोमबारसमेत भएकाले शिवमन्दिरमा विशेष चहलपहल छ । साउनको हरेक सोमबार शिवमन्दिरमा दर्शन गर्ने दर्शनार्थी र बोलबम तीर्थालुको घुईंचो लाग्ने गर्छ । ग्रहण नुहाउनको लागि मन्दिर छेउको नदी तथा पोखरीमा जाने चलन पनि छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.