निर्वाचनमा भाग लिने/नलिने विषयमा राजपामा विवाद बढ्दै 

काठमाडौं, साउन २३ । राजधानीमा जारी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा केन्द्रित छ ।

आइतबारदेखि सुरु बैठकमा निर्वाचनको पक्ष र विपक्षबीच दरार बढ्दै गएको छ ।

६ मधेसकेन्द्रित दलबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपालभित्रको विवाद गहिरिँदै गएको छ । ६ ओटा प्रदेशको स्थानीय तह निर्वाचन बहिस्कार गरिसकेको राजपाभित्र प्रदेश नम्बर–२ को चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएको हो ।

त्यसो त यसअघि राजधानीमै ४ दिनसम्म बसेको पदाधिकारी बैठकमा पनि चुनावमा जाने र नजाने पक्षबीच विवाद भएको थियो ।

अध्यक्षमन्डलका एकजना सदस्य अनिलकुमार झा यथास्थितिमा चुनावमा जान नसकिने भन्दै केन्द्रीय समिति बैठकबाट औपचारिक निर्णय आउने बताउँछन् ।

तर, राजपाभित्र संविधान संशोधनलाई एक चरणमा पुर्‍याएर चुनावमा सहभागी हुनुपर्ने मत पनि बलियो छ ।

अध्यक्षमन्डलका सदस्यद्वय महेन्द्र यादव, शरत्सिंह भण्डारी, वरिष्ठ नेताद्वय हृदयेश त्रिपाठी, शर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरु चुनावमा जानुपर्ने पक्षमा छन् ।

बैठकमा बोल्ने केही सदस्यहरुले संविधान संशोधनबिना चुनावमा जानै नहुने धारणा राखेका छन् । तर, केही सदस्यले भने चुनावलाई उपयोग गर्नुपर्ने धारणा राखेका छन् ।

संविधान संशोधनलाई ‘बटमलाइन’ मान्दै राजपाले यसअघिका चुनाव बहिस्कार गरेको थियो ।

तर, प्रदेश नम्बर–५ मा राजपाका नेताहरूले स्वतन्त्र हैसियतमा चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.