भदौ ५ गते ।
दिपेन्द्र सिंह जनकपुरधाम
धनुषाको धार्मिक तथा सांस्कृतिक क्षेत्र धनुषाधाममा नव निर्मित धनुष दह ताल हस्तान्तरण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीका अध्यक्ष विरेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा नेपाली सेनाले धनुषाधाम संरक्षित वन परिषदका अध्यक्ष जगदिश यादवलाई प्रस्तावना दिदै हस्तान्तरण गरेका हुन ।
धनुषाधामको ३ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पर्यटकलाई आकर्षित गराउने हिसावले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीको एक करोड १८ लाख , जिल्ला वन कार्यालय धनुषाको तर्फबाट १० लाख,भु संरक्षणबाट ८८ लाखको लागतमा १० विगहाको क्षेत्रफलमा धनुष दह तालको निमार्ण, ३५ फिटको भ्यु टावर निमार्ण, दहको विचमा आइ ल्याण्ड निमार्णसहित चिल्ड्रेन पार्कसहितको संरचना सम्भmौता अवधिमा कार्य गरि निमार्णको जिम्मा लिएका ठेक्केदार नेपाली सेनाले हस्तान्तरण गरेको हो ।
यस धनुषाधामको वन क्षेत्रफलको चौतर्फी रुपमा रिङ रोड निमार्ण , पार्क भित्रमा किङ कोबरा सहितको विशालु सर्प, जंगली जनावरसहितको खुल्ला चिडियाखाना निमार्णको लागि भई रहेको प्रयासले यस क्षेत्रको धार्मिक सांस्कृतिक रुपमा विकास हुने प्रमुख अतिथी राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितीका अध्यक्ष विरेन्द्र यादवले विश्वास ब्यक्त गरेका छन । उनले भने अवको केही दिनमा जनकपुरमा आउने पर्यटकहरु धनुषाधाम आउन बाध्य हुने र आउन नसकेकोमा आफुलाई केही भुल भएको महसुस हुने गरि आकर्षक तरिकाले यहाँको विकास गर्नमा आफु विश्वस्त रहेको बताएका थिए । उनले भने विभिन्न सार्वजानिक काम हुँदा संस्थागत रुपमा पनि भ्रष्टाचारी भएतापनि आफुलाई कुनै दु पैसाको लोभ लालच नभएकाले लागत अनुसारको भरपर्दौ काम गरेर देखाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा स्थानिय समाजसेवी , विभिन्न सरोकारवाला , बुद्धिजिवी , स्थानिय राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.