डा बाबुराम भट्टराईको मूत्रथैलीको शल्यक्रिया सफल, स्वास्थ्यमा सुधार

भक्तपुर, साउन २३ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधार भएको छ ।

भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको र उनको स्वास्थ्य अवस्था सुधार आएको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

अस्पतालमै उनको उपचार भइरहेको र केही दिनमा घर पठाइने उनले बताए । रासस

तस्वीर: डा. बाबुराम भट्टराईको फेसबुक

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.