काठमाडौं, साउन १० गते ।
पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच बुधबार एकता हुने भएको छ। दुवै पार्टीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार राजधानीमा विशेष कार्यक्रम गरेर पार्टी एकीकरणको घोषणा गर्न लागेको जानकारी गराएको छ।
साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार दिउँसो १:३० बजे नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सम एकता घोषणा हुने जानकारी गराएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण घोषणा कार्यक्रममा समाचार सम्प्रेषणका लागि उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौं।’ साभार: अन्नपूर्णा पोष्ट
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.