सल्यान, २५ असार । सल्यानमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । दाङबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस आइतबार बिहान सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटना भएको हो ।
ज्यान गुमाएका दुईजना कै पहिचान नभएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल खलंगा र विभिन्न मेडिकलमा उपचार भइरहेको छ । केहीलाई उपचारको लागि दाङ र नेपालगञ्ज रेफर गरिएको छ । बस सडकबाट झण्डै ५० मिटर तल झरेको प्रहरीले जनाएको छ । साभार टुडे खबर
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.