काठमाडौं, साउन १७ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिन मै बर्खास्त गरिएको छ ।

एन्टोनीले आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पलाई एन्टोनीले दिएको अन्तर्वातामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ ।
उनी वाल स्ट्रीटका पूर्व लगानीकर्ता पनि हुन् । एन्टोनी पछिल्लो १० दिनमा ह्वाइट हाउसको प्रमुख पदबाट हटाइएका चौथो अधिकारी बनेका छन् । (एजेन्सी)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.