विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारलाई निर्देशन

काठमाडौं, साउन ५ । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले स्थानीय तहमा विद्यालय व्यवस्थापन र शैक्षिक जनशक्ति व्यवस्थापनमा सुधार ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसैगरी सरकारी विद्यालयहरुमा शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै समितिले विद्यार्थीको भविष्य अन्योलमा नपर्ने गरी गुणस्तरीय शिक्षा लागु गर्न र त्यसको अनुगमन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

समितिका सदस्यहरुले शिक्षामा भइरहेको बढ्दो नीजिकरण र व्यापारिकरणमा सरकार मौन रहेको गुुनासो गरेका थिए

बैठकमा सहभागी शिक्षाविद्हरुले सरकारी विद्यालयमा साधन स्रोत व्यवस्थापनमा सुधार ल्याउन सुझाव दिएका थिए ।

 साभार इमेजखबर 

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.