सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद



चितवन, साउन १३ गते।

सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका छन् । सुवेदीको साथबाट ६ लाख ९५ हजार रुपैयाँ बरामद समेत भएको छ ।

सुवेदी चितवनको भरतपुर महानगरपालिका- ८ शरदपुरका बासिन्दा हुन् । उनीमाथि बिभिन्न व्यक्तिहरुबाट अवैधरुपमा रकम लिएको आरोप लागेको छ ।

सुवेदी ५० लाख रुपैयाँसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी चढेर चितवन आएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवन प्रहरीलाई दिएको थियो । सोही सूचनाको आधारमा गाडी रोकेर जाँच गर्दा सुवेदीको साथबाट रकम बरामद भएको थापाले बताए ।

दिउँसो साढे १२ बजेतिर प्रक्राउ परेका सुवेदीलाई चितवन प्रहरीले दिउँसो ३ बजेतिर अख्तियारको टोलीको जिम्मा लगाएको छ ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.