काठमाडौं, साउन ५ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ ।

युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् ।
खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा समालिन नसक्दा दोस्रो गोल खान पुग्यो ।
बुधबार रातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो ।
तीन खेलमा १० गोल खाएको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन ।
इमेजखबर एपबाट
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.