सिनामंगल क्षेत्रको बागमती किनारमा अचेत अवस्थामा युवती फेला


Image result for news


काठमाडौं, साउन ८ । काठमाडौंको सिनामंगलस्थित गुहेश्वरी स्कुल नजिकै बाग्मती खोलामा आज एक युवती अचेत अवस्थामा भेटिएकी छिन् ।

अन्दाजी २० वर्षीया अन्जना लिम्बु विहान ७ बजे अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उनको उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।
उनी कसरी अचेत भइन् भन्नेबारे प्रष्ट हुन सकेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.