प्रशिक्षण र मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोली जापान जाने

काठमाडौं, साउन ७ । प्रशिक्षणमैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली १० दिने जापान भ्रमणमा जाने भएको छ ।

नेपाली टोली यही साउन २५ गते १० दिनका लागि जापान जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।

एसियन कप छनोटअन्तर्गत् आगामी भदौ २० गते ताजकिस्तानविरुद्ध हुने खेलको तयारीका लागि टोलीले जापानमा अभ्यास खेल खेल्नेछ ।

ताजकिस्तानविरुद्धको खेलका लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले गत साताबाट टोलीको प्रशिक्षण सुरु गराइसकेका छन् ।

एसियन कप छनोटको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले हारेको नेपालले घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.