भक्तपुर, साउन ४ – महानगरीय प्रहरी बृत्त थिमिले अबैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट लागुऔषधसहित रामेछाप गोठपाने घरभई अहिले ललितपुर टिकाथली बस्ने २२ वर्षका सुमन कार्की र रामेछाप मन्थली घरभई पुरानो बानेश्वर बस्ने २० वर्षका प्रविण लामालाई पक्राउ गरेको हो ।
बा ४० प ७५५८ नम्बरको स्कुटरमा राखेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।
प्रहरीले कार्की र लामाको साथबाट एम्पुल लुपिजेसिक, फेनारगन, डाईजाल्याब, ८३ थान एभिल, २५० थान एपाकडोल, ५३ थान अल्कोहल स्वाब, ६ वटा सिरिञ्ज र दुईवटा मोवाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले स्कुटर समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको र पक्राउ परेका दुवैलाई लागु पदार्थ ऐन अन्तर्गत कारबाही चलाउने उहाँले जानकारी दिनुभयो ।
उज्यालो मा खबर छ
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.