हरीका असई मकैबारीमा मृत फेला, हत्या भएको आशंका

उत्तरी धादिङको खनीयाबास गाउँपालिका– ४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलबहादुर गुरुङ आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार बेलुका साथीहरुसंग बाहिर निस्केका गुरुङ रातिसम्म चौकीमा नफर्किपछि उनको खोजी कार्य शुरु गरिएको थियो ।
खोजीका क्रममा प्रहरी चौकी नजिकै दुई सय मिटरको दुरीमा कुखुराको खोरसंगै रहेको मकैबारीमा उनको शव आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयार थारुले बताए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको नायब प्रहरी उपरीक्षक थारुले बताए
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.