नेकपा माओवादी प्रदेश नं. २ को चुनावमा चौथो स्थानमा झरेको छ प्रदेश नं. २ को स्थानिय तहको विश्लेषण स्थानिय तहको निर्वाचनमा प्रदेश नं. २ बाहेकमा पहिलो पार्टी बनेका नेकपा एमाले प्रदेश नं. २ को चुनावमा पाँचौ श्रेणीमा झरेको छ । अझ महोत्तरी जिल्लामा तँ पत्ता साफ नै भएको छ । भने प्रदेश नं २ बाहेकको चुनाव तेस्रो तहमा रहेको नेकपा माओवादी प्रदेश नं. २ को चुनावमा एक तह घटदै चौथो स्थानमा झरेको छ भने सप्तरीको १८ स्थानिय तहमध्ये माओवादीको मेयर , उपमेयर वा अध्यक्ष , उपाध्यक्षमा पत्तासाफ भएको छ । अन्य प्रदेशमा चुनावमा सहभागि भएर पनि उपेन्द्र यादवले आफनै गृह जिल्ला र गाउँमा एक तहसम्म जित्न नसकेका प्रदेश नं.२ को चुनावमा अकल्पनिय तहमा हातमा राखिएको मसाल कायम गर्न सफल भएको छ । भने राजपाको चुनाव चिन्ह साइकलले शहरी क्षेत्र र मुख्य मुख्य शहरहरु नै कब्जा गर्न सफल भएको छ ।
यता , प्रदेश नं. २ बाहेको चुनावमा दोस्रो तहमा झरेका नेपाली काग्रेस पार्टी प्रदेश नं. २ को चुनाव जे भए पनि पहिलो पार्टी भएको छ । समग्र रुपमा प्रदेश नं.२ को स्थानिय तहको चुनावी परिणाम मिश्रित रुपमा आएकाले सम्पूर्ण पार्टीका लागि हितकर देखिएको छ भने यहाँका जनताहरु पनि सचेत देखिएको छ किनभने अन्य प्रदेशको तुलनामा यहाँ बदर मतको संख्या पनि कम छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.