अपडेटः काठमाडौं, साउन २३ । ललितपुरको कुसुन्तीमा प्रहरीको गोली लागेर सोमबार एकजनाको मृत्यु भएको छ । मृतक प्रवीण खत्री रहेको भनाइ प्रहरीले जनाएको छ ।
खत्री लागुऔषध तस्कर भएको सूचनाको आधारमा महानगरीय अपराध अनुसन्धान ब्युरोको टोली उनको घर खानतलासी गर्न गएको जनाइएको छ ।
तर, प्रहरीलाई देख्नासाथ खत्रीले दुईओटा पेस्तोल ताक्दै घरको कौसीबाट हामफालेर भाग्न खोजको र सोहीक्रममा पुलिसले चलाएको गोली लागेर खत्रीको ज्यान गएको दाबी प्रहरीले गरेको छ ।
दाहिने कन्चटमा गोली लागेर घाइते भएका खत्रीलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.