जनकपुरधाम , साउन ११ गते ।
जिल्ला शिक्षा कार्यालय धनुषामा सहायक जिल्ला शिक्षा अधिकारीमाथि कार्यालयमै चप्पल प्रहार गरेका नायब सुब्बा अनिल राय (यादव) को कालो कर्तुतबारे एक पछि अर्को खुलासा हुने क्रम जारी छ । अनिल रायले लामो समयदेखि महोत्तरी र धनुषा जिल्ला शिक्षा कार्यालयबाट हुने हरेक कामकारवाहीमा पैसाको लेनदेन गर्ने गरेको र अकुत सम्पत्ति आर्जन गरेको खुलासा भएको छ ।
शिक्षा कार्यालय धनुषाको विद्यालय प्रशासन शाखाका नासु रायले झण्डै एक दशकको आफ्नो जागिरे जीवनमा जिल्ला शिक्षा कार्यालयमा काम गराइदिए वापत सेवाग्राहीसँग घुस लिइ करोडौं रकम कुम्ल्याएका छन् । जिल्ला शिक्षा कार्यालय सिन्धुलीबाट जागिर सुरु गरेका रायले केहि महिनामै गृह जिल्ला महोत्तरीको शिक्षा कार्यालयमा सरुवा भइ आएका थिए । जातीय र राजनीतिक राजनीतिक संरक्षण पाउन र घुसको चलखेलमा खप्पिस उनले महोत्तरी शिक्षा कार्यालयमा नियुक्तिको ठेकेदारी शुरु गरेका थिए । शिक्षा कार्यालयमा कतिपयलाई घुसले मुख बन्द गर्न सफल भएका थिए भने कतिपयलाई आफू स्थानीइ भएको भन्दै डराइ धम्क्याइ चुप लगाएका थिए ।
तत्कालिन अवस्थामा उनले गराएका नियुक्तिको प्रसंग अझै पनि महोत्तरी जिल्लाको शिक्षा क्षेत्रमा चर्चाको विषय बन्ने गरेको छ । रायलाई “दबंग“ बन्न महोत्तरीमा निकै सहज पनि भयो । किनभने उनी महोत्तरीकै बथनाहा गाउँका बासी हुन् र यादव जातिका भएकाले राजनीतिक आशिर्वाद प्राप्त गर्न गाह्रो हुने कुरै भएन । महोत्तरीमा रायसँगै बसेर काम गरेका एक कर्मचारीका अनुसार कांग्रेसका स्वजातीय नेताको संरक्षणले नै उनी भ्रष्टाचार र अनियमितता गर्दा पनि कहिल्यै कारवाहीको भागी हुनु परेन ।
नेपाली काँग्रेसका महोत्तरीका जिल्ला अध्यक्ष महेन्द्र राय यादव, सुशील यादव लगायतका नेताको संरक्षण नभएको भए अनिल राय अहिले भ्रष्टाचार ठहर भइ जेलको छिँडीमा हुन्थे । तर राजनीतिको खोलमा जातीय समूहको नेतागिरी गर्नेहरुले उनको रक्षा कवच जो बनेका छन् ।
सुब्बा रायले जनकपुर र जलेश्वरमा किनेको जग्गाको आर्थिक स्रोतबारे छानबिन हुन सकेको छैन । यद्यपि रायले सम्पत्तिहरु आफ्नो नाममा नराखी आफन्तको नाममा राखेका छन् जसले गर्दा भोलि भ्रष्टाचारको छानबिनमा उनी चोखिन आधार मिल्नेछ ।
पुर्ख्यौली सम्पत्तिको नाउंमा गाउँमा झण्डै १० कठ्ठा जग्गा भएका अनिलको अकुत सम्पत्तिमाथि न त अख्तियारको नजर पर्यो न त राष्ट्रिय सतर्कता केन्द्रको । सम्पत्ति विवरण बुझाउने त निजामति प्रशासनमा नौटंकी त रहेछ । नभए जलेश्वर जेलमा हुनुपर्ने अनिल अहिले छाति फुलाएर हिँडिरहेका हुँदैनथे ।
यसरी एक दशकयता धनुषा र महोत्तरीको शिक्षा क्षेत्रका माफिया अनिल रायको आत्मविश्वासरुपी अहम् बढ्दै गएर आकाश चुम्दैछ । यस्तै पृष्ठभूमि भएर हो उनले आफू भन्दा वरिष्ठ अधिकारीमाथि चप्पलले हिर्काए । कार्यकक्षमै पिटे । कानुनी कारवाही थाल्दा जिल्ला प्रशासन र जिल्ला प्रहरी दुबैको आँखामा छारो हाल्न भ्याए । जिल्ला प्रहरी कार्यालयमा स्वजातीय प्रहरी अधिकृतको हैसियतको दुरुपयोग गरे । शिक्षा क्षेत्रमा रहेका स्वाजातीय लठैतहरुलाई प्रयोग गरे ।
नियम संगत काम गर्दा पनि आफूलाई चप्पल हिर्काउने अनिल रायको कर्तुतबारे आवाज उठाउने सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवको संघर्ष सलाम योग्य छ । किनभने धेरैले अनिलको थिचोमिचो सहँदा पनि “चु“ सम्म बोलेनन् । तर यी उपसचिव आफ्नो बेइज्जत हुँदा मुख मात्र खोलेका छैनन् अनिललाई विभागीय कारवाहीका लागि शिक्षा मन्त्रालय र शिक्षा विभागलगायतका निकायमा सिफारिस समेत गरेका छन् । अब मेहीलालले न्याय पाउँछन् वा पाउँदैनन् त्यो भने भावी समयले नै बताउँला ।
Home / Headlines /
News /
Photo gallery
/ धनुषाका सहायक जिशिअलाई चप्पलले कुट्ने नासु रायले एक दशकमै कमाए १० करोड
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.