
साउन १४ – सलमान खानसँग ‘वान्टेड’ चलचित्रमा काम गरिसकेका बलिउड अभिनेता इन्दर कुमारको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको छ ।
उनी ४५ वर्षका थिए । कुमारकी श्रीमती र एक छोरी रहेकी छन् । खिलाडियोँका खिलाडी, कहीँ प्यार ना हो जाए, मा तुझे सलामलगायतका चलचित्रमा काम गरेका इन्दर कुमारको जन्म राजस्थानको जयपुरमा भएको थियो ।उनको अन्तिम संस्कार शुक्रबार बेलुका नै गरिने पारिवारिक श्रोतले जनाएको छ ।

0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.