कोशीमा बेपत्ता भएका किशोर भारतमा मृत फेला

राजविराज, साउन १२ गते ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् ।

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा मृत अवस्थामा फेला परेको सप्तरीको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

बेपत्ता भए लगत्तै उनलाई इलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोली तथा हनुमाननगर कंकालनी नगरपालिकाका कर्मचारीले नदीमा डुंगामा चढेर विभिन्न ठाउँमा खोजी गरेपछि फेला पारिएको हो ।

दुई÷तीन दिन अगाडि घर नजिकैको कोसी नदीमा माछा मार्न गएका ललनलाई नदीले बगाएको थियो । (रासस)

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.