उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका पनि प्रतिरोधी प्रणाली परीक्षण गर्दै

वासिंटन, साउन १६ । अमेरिकाले आफ्नो विवादित क्षेप्यास्त्र विरोधी प्रणालीको सफलतापूर्वक परीक्षण गरेको छ । उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसको प्रतिरोधी क्षमता विकासमा अमेरिकाले पनि परीक्षण थालेको हो ।

अमेरिकाका अनुसार कोरिया प्रायद्वीपमा बम खसाल्न प्रयोग गर्ने आफ्ना लडाकु विमान ‘बी–१’ लाई पनि अभ्यासका क्रममा उडाइएको छ । अमेरिकाको यो कदमलाई उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जवाफका रुपमा हेरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार अमेरिकी वायुसेनाका तर्फबाट परीक्षण स्वरुप फायर गरिएको क्षेप्यास्त्रलाई अलास्कामा रहेको टर्मिनल हाइ एटिच्यूड एसिया डिफेन्स (थाड) को युनिटले सफलतापूर्वक रोकेको जनाइएको छ ।

यसका साथै दक्षिण कोरिया र जापानी लडाकु विमानसँगै अमेरिकाले बम खसाल्ने क्षमताका ‘बी–१’ लडाकु विमानलाई अभ्यासका क्रममा उडाएको छ ।

उत्तर कोरियाले शुक्रबार अन्तरमहाद्वीप ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्रले अमेरिकालाई नष्ट गर्ने क्षमता राख्ने उत्तर कोरियाको दाबी थियो । (एजेन्सी)

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.